टुंगो लागेन अझै “ब्ल्याक समर” को नेपाल रिलिज मिति, बेलायतमा भने हुदैछ यसरी विशेष शो

कलिउडहंगामा डटइन्फो :
“ब्ल्याक समर” बेलायतमा सम्पूर्ण छायांकन गरिएको नेपाली चलचित्र जसमा सस्पेन्स कथाको बेजोड मिश्रण रहेको छ | पछिल्लो समय निकै कम सस्पेन्स चलचित्र नेपालमा निर्माण भएको पाईन्छ | यो बेलामा के ब्ल्याक समर ले दर्शकहरुको चाहना पुरा गर्न सक्ला त ? यो एउटा प्रश्न त छदै छ तर यसको जवाफको लागि दर्शकहरुले लामै समय पर्खिनु पर्ने देखिन्छ | यो चलचित्रको निर्माण भएको नै धेरै लामो समय भईसक्यो तर अहिले सम्म पनि नेपालमा प्रदर्शन हुन सकेको छैन कारण हो विदेश प्रदर्शन | निर्माण पक्षले पहिला विदेशमा प्रदर्शन गरेर मात्र यो चलचित्र नेपालमा प्रदर्शन गर्ने निधो गरेको छ |

तर अहिले भने यो चलचित्र बेलायतमा प्रदर्शन हुने तयारी गरिरहेको छ | निर्माण पक्षले दिएको जानकारी अनुसार यहि आउँदो सेप्टेम्बर ९ तारिखमा बेलायतको अल्डरसट स्थित ईमपाईर हलमा साझ ६ बजे चलचित्र “ब्ल्याक समर” को विशेष शो गरिने भएको छ | निर्माण पक्षले उक्त विशेष शो मा उपस्थितिको लागि पनि सबै नेपाली दर्शकहरुलाई आमन्त्रण समेत गरेको छ | सेप्टेम्बर ९ को विशेष शो को लागि निर्माण पक्षले चलचित्रको टिकटको लागि ०७८२८६६५४८७ र ०७४७४६१२९३९ गरी २ नम्बर उपलब्ध गराएको छ | निर्माण पक्ष अहिले यहि शो को लागि प्रचार प्रसारमा कुदिरहेको छ |

सेप्टेम्बर ९ मा विशेष हो भए पश्च्यात यो चलचित्र बेलायतकै अरु शहरहरुमा पनि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ | यति बेला निर्माण पक्ष यसैको प्रचारमा नै विभिन्न ठाउँहरुमा कुदिरहेको छ | चलचित्रमा रितेश चाम्स, रीमा विश्वोकर्मा, अमिषा राई, सपना श्रेष्ठ, दीपक गुरुङ, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ र ज्यासंग लिङदेन लगायतका कलाकारहरुको अभिनय रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसी र प्रतिक दुधराजको छायांकन, अर्जुन जी.सीको सम्पादन र सम्राट बस्नेतको द्वन्द रहेको छ | चलचित्रलाई सरस्वति ज्ञवाली,तारा दुमी राई, टिया गुरुङ, विजय कुमार दुमी र प्रतिमा दुधराज मिलेर निर्माण गरेका हुन् |

चलचित्रलाई एल.बि सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् | एक निर्देशकको हिसाबले उनले सक्ने मेहेनत लगाएर यस चलचित्रलाई रंगिन बनाउने पुरा कोशिश गरेका छन् | चलचित्रको ट्रेलर र गीतहरु केहि समय अगाडी नै युटुबमा सार्वजनिक भईसकेको छ | चलचित्रमा दर्शकहरुले सस्पेन्स हेर्न पाउनुहुनेछ भने त्यसको साथमा बेलायतको रमणीय दृश्यहरुको पर्दामा अवलोकन समेत गर्न पाउनुहुनेछ | एक हिसाबले भनौ भने हलमा नै बसेर बेलायत घुम्ने मौका | चलचित्रमा निकै प्रतिभावान कलाकारहरुको अभिनय रहेको छ | निर्माण पक्षले पनि चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास ब्यक्त गरेको छ |

हेर्नुस ट्रेलर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *