‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने

पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो । ‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १४ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । राष्ट्रिय टोलीका खेलाडीहरू ‘ए’ डिभिजनका छ क्लबमा आबद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राख्दा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताएपछि खेल तालिका परिवर्तन हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । सहमति अनुसार असोज १३ गतेदेखि शुरु हुने लिगको उद्घाटन खेल खेलाउने र बङ्गबन्धु गोल्डकप अवधिभर लिग स्थगित गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *