सन्दीप लामिछानेले टी टेन क्रिकेटमा डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का

सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् । उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको यस प्रतियोगिताको दोस्रो संकरण हो । पहिलो पटक ४ दिनमा सकिएको टी टेन क्रिकेट दोस्रो संस्करण सकिन १० दिन लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *