मुलुकमा शान्तिसुरक्षा कायम राख्न सरकार चूकेको नेपाली काग्रेसका नेता सिंहको आरोप

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा शान्तिसुरक्षा कायम राख्न सरकार चूकेको आरोप लगाउनुभएको छ । स्वर्गीय मंगलादेवी सिंहको २२ औ स्मृति दिवसका अबसरमा नेपाल महिला संघले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले मुलुकको शान्ति सुरक्षा कमजोर भएकै कारण बिभिन्न स्थानमा हत्या हिंसा र वलात्कारका घटना बढेको बताउनुभयो । उहाले कञ्चरपुरमा सरकारले दमन गरेकै कारण हिंसात्मक झडपको अबस्था सिर्जना भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले कञ्चनपुर राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारी पुरा गर्न नसकेको बताउनुभयो । नेता सिंहले सरकारले जनतालाई दिएको दुइतिहाई मतको मुल्याङ्कन गर्न नसकेको आरोप लगाउनुभयो । उहाले संबिधानले दिएको अधिकारलाई अधिकतम सदुपयोग गर्न पनि महिला नेतृहरुलाई सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *