बिम्स्टेकको चौंथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति सिरिसेना नेपालमा

बिम्स्टेकको चौंथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउनुभएको छ । राष्ट्रपति सिरिसेना बुधबार अपरान्ह काठमाडौ आउनुभएको हो । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो । त्यस्तै राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत प्रस्तुत गरेको थियो । सो अवसरमा नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकु¥याल तथा शिष्टाचार महापाल दीपक अधिकारीले पनि श्रीलङ्काली राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति सिरिसेनाको यो भ्रमण नेपालको पहिलो सद्भाव भ्रमण पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *