अहिलेको अबस्थामा नेपालको अर्थतन्त्रमा खतरा नरहेको अर्थमन्त्री डाक्टर खतिवडाको भनाई

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अहिलेको अबस्थामा नेपालको अर्थतन्त्रमा खतरा नरहेको स्पष्ट पार्नुभएको छ । आज काठमाडौमा आयोजित आर्थिक पत्रकार समाज (सेजन)को १९ औं साधारणसभामा बोल्दै खतिवडाले मुलुकको अर्थतन्त्र सुधारका लागी अहिले काम भइरहेको र नतिजा आउनका लागि केही समय लाग्ने समेत बताउनुभयो । नेपालको इतिहासमा लगातार दुईपटक ६ प्रतिशत माथिको आर्थिक वृद्धि भएको र अहिले त्योभन्दा माथि पुग्ने समेत खतिवडाले बताउनुभयो ।

राजनीतिक संक्रमण समाप्त भएपनि अहिले कानुनी संक्रमण समाप्त भईनसकेको भन्दै उहाले छिटो प्रतिफल खोज्दा कठिन देखिएकाले निजी क्षेत्रका सुझाब सहित अघि बढ्ने बताउनुभयो । निजीक्षेत्र विना सरकारले चाहेजस्तो आर्थिक वृद्धि पूरा नहुने भएकाले कानुन विनाका कुराले निजी लगानीलाई प्रवर्द्धन समेत नगर्ने उहाले बताउनुभयो । उहाले लगानी कर्ताको लगानी सुरक्षित गर्न सरकार केन्द्रित रहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *