रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् । ‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक तथा बख्तरबन्द गाडि एवम् एक हजारभन्दा बढी लडाकु विमान सहभागी गराइने भएको छ ।

सेप्टेम्बर ११ तारिखदेखि पाँच दिनसम्म हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबैतहका सेनाको प्रतिनिधित्व हुने रक्षामन्त्री सर्गेइले जानकारी दिए । उनले यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय बिषयमा अझ विशाल अभ्यास हुने बताए । ३६ हजार सैनिक हतियार, हतियार ट्यांक, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *