नेपालको चर्चित सिंगिङ रियालिटी शो नेपाल आइडलको ‘थिएटर राउण्ड’मा कति छानिए ?

नेपालको चर्चित सिंगिङ रियालिटी शो नेपाल आइडलमा नेपाली युवाहरू आकर्षित भएका छन्। प्रतिष्पर्धामा सहभागी हुनका लागि विदेशमा बस्ने नेपाली समेतले चासो देखाएको कार्यक्रम निर्देशक सुरेश पौडेलले बताए। संगीतमा रुचि भएका नेपाली युवाहरूका लागि नेपाल आइडलले राम्रो अवसरको सिर्जना गरेको उनले दाबी गरे। नेपाल आइडलको पहिलो सिजनमा १५ हजार नेपालीले प्रतिस्पर्धीका रुपमा सहभागिता जनाएका थिए।

दोस्रो सिजनको अडिसन राउण्डमा २० हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागिता जनाएका थिए। सहभागी मध्येबाट १ सय ११ जना थिएटर राउण्डको लागि छनोट भएका छन्। दोस्रो सिजनको अडिसन राउण्ड धरान, हेटौंडा, वीरगंज, भैरहवा, धनगढी, पोखरा र काठमाडौंमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *