नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ को आज सम्मको व्यापार ३ करोड माथि

यहि भदौ ८ गतेदेखि प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल–५’ आज सम्ममा ३ करोड माथिको व्यापार गरेको छ । बालकलाकारमा झापा दमककी सेड्रिंना शर्मा अभिनित चलचित्र ‘नाइ नभन्नु ल–५’ आउदो यहि भदौ ८ गतेदेखि देशभर प्रर्दनमा आएको थियो । प्रेमकथामा आधारित चलचित्र ‘नाइ नभन्नु ल–५’ प्रर्दशनमा आउनु अघिनै यसको चर्चा बजारमा निकै चुलिएको थियो ।दर्शकहरुले अध्याधिक चाहाना पछि प्रर्दनमा आएको यो चलचित्रलाई दर्शहरुले निकै रुचाएको माता पाथिभरा फिल्म्स प्रालीका संचालक चैतन्य बरालले बताउनु भयो ।

माता पाथिभाराका पूर्वाञ्चल संयोजक बरालका अनुसार चलचित्रले राम्रो व्यापार गरिरहेको बताउनु भयो । यो चलचित्रलाई विकाशराज आचार्यले निर्देशन गर्नुभएको हो । यस अघिका सृखलाबाट राम्रो सफलता हासिल गरिसक्नु भएका निर्देशक आयार्यले यो चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको बताउनु भयो ।

यो चलचित्रमा झापाका बाल कलाकार सेड्रिना शर्मासँगै अर्का बालकलाकार अनुभब रेग्मीका साथै अभिनेत्री स्वस्तिमा खड्का र अभिषेक नेपालको अभिनय रहेको छ । यसैगरि यो चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङले समेत अभिनय गरेका छन । चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *