नमस्ते झरना अवलोकनको लागि हिडेको बस दुर्घटना, १७ जना घाइते

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा बुधबार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना अवलोकनको लागि ३५ जना सवार को. १ ख. ३५८३ नम्बरको बस ब्रेक फेल भएर साँगुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।  दुर्घटना १७ जना घाइते भएका छन् । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेकोे एसपी गुरुङले बताउनुभयो । दुर्घटनामा परेका सबै घाइतेको धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *